हसुलिया। कैलाली जिल्ला कैलारी गाउँपालिका ३ नम्बर वडामा भुमि व्यवस्था तथा कृषि मन्त्रीद्वारा स्थलगत अनुगमन गरिएकाे छ।
माेहना नदि पारीका नेपाली गाउँहरु शिबरत्नपुर निम्बाबोझि र खोनपुरका कृषकहरुको खेति योग्य हजारौं बिघा जमिन मोहना नदिले कटानि गरेर पुर्ण रूपमा क्षति गरिरहेकाे छ। सुदुर पश्चिम प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चाैधरी लगायतकाे समुहले स्थलगत अनुगमन गरिएकाे कुरा कैलारी पाेष्टसँग कुरा गर्दै रमित ओलि ज्युले बताउनु भयो। स्थलगत अनुगमनमा तटबन्ध कार्यको लागि यथाशिघ्र पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएकाे बताईएकाे छ।