हसुलिया,३० मंसिर। सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको कैलारी गाउँपालिकामा यति बेला अगामी हुनेवाला कैलारी मेयर कपको लागि “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुलनाराका साथ ५ नं.वडामा वडास्तरिय खेलाडी छनौट प्रतियोगीता शुरु भएको छ ।
यस खेलकुद उद्घाटन समारोहका प्रमुख अतिथी ५ नं.वडा अध्यक्ष श्री विष्णु प्रसाद चौधरी,विशिष्ट अतिथी पवेरा सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष श्री छेदुराम चौधरी,वडा सदस्यहरु, अतिथी वडा स्तरिय सबै राजनैतिक दल, अतिथी नेपाली काँग्रेसका प्रेम चौधरी(पबेरा),शिक्षक,बुद्वीजिवी, बरघर,पत्रकार, खेलाडीहरुको उपस्थिती रहेको थियो।
खेलकुद समारोहका प्रमुख अतिथी वडाअध्यक्ष चौधरी ” वडा स्तरमा खेलकुदमा लुकेको आफ्नो प्रतिभालाई उजागर गर्ने अवसर हो । यस छनौट प्रतियोगीताको माध्यमले गाउघरका कौयौं खेलाडीहरु अबसरबाट बन्चित भैइरहेका थिए। यो सुनौलो अबसरलाई साकार पार्न अगामी दिनमा हुने मेयरकपको तयारी हो र मेयरकप,प्रदेशकप हुदै राष्ट्रीय खेलाडीसम्म खेल्न सकिने भएकोले खेललाई मर्यादित, अनुशाशित भएर सम्पन्न गर्नु होला भनेर खेलाडीलाई हौसला दिनु भएका थिए।
५ नं. वडाको सबै टोल ,क्लबलाई सहभागिता हुनेगरी खेलकुद प्रतियोगीताको आयोजना गरिएको हो। प्रतियोगीतामा फुटबल,भलिबल,ब्याटमिन्टन खेलभइरहेको छ । यस छनौट प्रतियोगीता भएकोले अनुशासित संयम भएर आफ्नो प्रतिभा देखाउनु होला भनेर नेपाली काँग्रेसका प्रेम चौधरी(पबेरा)ले शुभकामना मन्तब्य दिनु भएका थिए। यसैगरी ५ नं.वडास्तरिय बरघर भलमन्साबाट करण थारु “यस वडा कपबाट खेलाडी छनौट गरि अगामी दोस्रो रनिङ्ग मेयरकपमा उत्कृष्ट खेलाडीहरुलाई वडाबाट छनौट गरी कैलारी मेयरकपमा समावेश गर्नु पर्ने भएकोले अनुशासित भएर खेल खेल्न जोड गरेका थिए”।
कैलारी गाउँपालिकाको सबै वडामा खेलाडी छनौट प्रतियोगीता सम्पन्न भएपछि प्रत्येक वडाबाट एक-एक टिम (फुट्बल,भलिबल,ब्याटमिन्टन)समाबेश हुनेछन। ५ नं.वडा स्तरिय खेलाडी छनौटको दोस्रो संस्करणमा पवेरा सामुदायिक बन उपभोक्ता समितीले यस खेलकुद प्रतियोगीतामा ७९ हजार बराबरको खेलकुद सामाग्री सहयोग गरेको छ।
उद्घातन खेल फुटबल तर्फ गोबरैला र सडकपुर बिच प्रतिस्पर्धा गोबरैलाले सडकपुरलाई एकको बिरुद् दुईगोलले गोबरैला बिजय भयो। दोस्रो खेल फुटबल तर्फ बैजपुर र छोटी पलिया बिच प्रतिस्पर्धा छोटीपलिया लाई शुन्यका बिरुद् एक गोलले जित निकाल्न सफल भयाे। फुटबल तर्फ तेर्सो खेलमा पबेराले जवदहवालाई शुन्यका बिरुद् दुईगोलले अग्रता कायम गर्यो।त्यसैगरी भलिबल उद्घातनमा बैजपुर र पबेरा बिच प्रतिस्पर्धा मा बेस्टअप थ्रीमा पहिलो सेट र तेस्रो सेट बैजपुरले आफ्नो पक्षमा पारी जित निकाल्न सफल भयाे। खेल एकदमै रोचक रहेको थियो। यस बर्ष खेलकुदको आयोजक जुनेली युवा क्लब सडकपुर रहेको छ।