Screenshot_20240107-075227_Facebook
Advertisements

धनगढी, २१ पुस । धनगढीमा साइकल लेन सञ्चालन भएको छ ।
धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालनमा आएको हो । साइकल लेन ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो ।

नगर प्रमुख गोपाल हमाल लेनको उद्घाटनका क्रममा साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए । उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् ।

धनगढी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेर ६ लेन सडकखण्डमा साइकल लेन निर्माण गरेको थियो । साइकल लेनको ट्याक निर्माण विकास निर्माण सेवा कोहलपुरले गरेको हो । सडकको दुबै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल ट्याक निर्माण गरिएको छ । यसका लागि उपमहानगरपालिकाले २०८० कात्तिक १६ गते दुई महिनाको म्याद राखेर मंसिर १६ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता गरेको थियो ।
साइकल लेन बनाउन ४६ लाख ५० हजार बजेटको व्यवस्था गरिएको थियो । ६ लेन सडकको दुबैतिर हरियो कलर लगाएर साइकलको ट्याक निर्माण गरिएको छ । सडकको दायाँबायाँ प्रिन्ट गर्दै तथा साइकलको तस्वीर बनाएर लेन समेत छुट्याइएको छ । थर्मप्लाष्टिक नामक पेन्ट उपकरणको सहायताले बनाएको साइकल लेनको पेन्ट मजबुत र टिकाउ हुने उपमहानगरपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ