चितवन। राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशन शनिबारबाट सौराहामा सुरु भएको छ । महाधिवेशनको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरिन् । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ ।
मञ्चका अध्यक्ष विरबहादुर चौधरीका अनुसार मञ्चको २६ जिल्लामा कार्य समिति गठन भएका छन् ।
संगठन विस्तार भएका जिल्लाबाट पाँचजना प्रतिनिधि र एक जना पर्यवेक्षक सहभागी छन् ।
पाँच वर्षअघि गठन भएको मञ्चले संगठन बिस्तार गर्नुका साथै नेतृत्व विकास, थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय भएको अध्यक्ष चौधरीले बताए ।
थारु समुदायका पौराणिक र परम्परागत गीत नृत्यदेखि थारु परिकारसम्म अधिवेशनका समयमा प्रस्तुत हुने उनले बताए ।