Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
थारु कलाकार मञ्चको केन्द्रिय अध्यक्षमा विरबहादुर चाैधरी – कैलारी पोष्ट
Screenshot_20240211-193605_Facebook

चितवन २८ माघ । राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशनबाट अध्यक्षमा बिरबहादुर चौधरी (विनय वैद्य) सर्वसम्मत चयन भएका छन् ।
शनिबारबाट सौराहामा सुरु भएको अधिवेशनले अध्यक्ष चौधरी सहित १७ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन भएका हुन् । कार्यसमितिको अन्य पदाधिकारीहरुमा क्रमशः वरिष्ठ उपाध्यक्ष रोशन रत्गैंया चौधरी (दाङ), उपाध्यक्षमा लक्ष्मीकान्त चौधरी (बारा) र समिक्षा चौधरी(कैलाली), महासचिवमा बिजय कुमार चौधरी, (सप्तरी) सचिवमा राधा कृष्ण (आरके) चौधरी (बर्दिया) र अनुमा चौधरी(उदयपुर), कोषाध्यक्षमा अन्जु चौधरी (काठमाण्डौं) चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा क्रमशः राज कुश्मी(बर्दिया), सोनु कुश्मी(कैलाली), मनिष चौधरी(सिरहा), अमृता चौधरी(बाँके), नरेश जोगी(कैलाली), बिरबहादुर चौधरी(कैलाली), अन्जु चौधरी(कैलाली), गणेश चौधरी(रुपन्देही) र राजन कुमार चौधरी(रौतहट) चयन भएका छन् ।

महाधिवेशनको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरेकी थिइन् । नवनिर्वाचित अध्यक्ष चौधरीका अनुसार मञ्चको २६ जिल्लामा कार्य समिति गठन भएको छ ।
महाधिवेशनका लागि संगठन विस्तार भएका जिल्लाबाट पाँचजना प्रतिनिधि र एक जना पर्यवेक्षक सहभागी रहेको उनले बताए । पाँच वर्षअघि गठन भएको मञ्चले संगठन बिस्तार गर्नुका साथै नेतृत्व विकास, थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय रहेको उनले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ