हसुलिया, ४ फागुन । कैलाली जिल्लास्थित कैलारी गाउँपालिका वडा नम्बर ५ मा रहेकाे बोण्ड इंगलिस बोर्डिङ स्कूलकाे १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबारकाे दिन विविध कार्यक्रमकाे साथ सम्पन्न भएकाे छ ।
कैलारी गाउँपालिका वडा नम्बर १ काे वडा अध्यक्ष धोजहरिपाल बोहराकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा उहाँ विद्यार्थीनकाे भविष्य उज्वल बनाउन अभिभावक जिम्मेवारी रहेकाे बताए । उहाँले भने, ‘विद्यार्थीकाे पहिलाे पाठशाला उनिहरुकाे अभिभावक, घर परिवार रहेकाे घरमा विद्यार्थीनहरुकाे धेरै ध्यान दिनु परिन । विद्यार्थीहुरु विद्यालयमा ५÷६ घण्टा रहन्छन । विद्यालयमा शिक्षक राम्ररी पढी घर गए विद्यार्थीहरुलाई अभिभावक गृहकार्य न गराउने, पढने वातावरण न बनाए विद्यार्थीहरु पढाईमा सुधार हुन नसक्ने।’ कोई विद्यार्थी कमजाेर भए मायाले सिखाए पढाईमा सुधार हुने बताए ।
कार्यक्रममा विद्यालयकाे संस्थापक प्रिन्सिपल तिलक बोहरा अभिभावकहरुकाे माया र सहयोगले विद्यालय यहाँसम्म पुगेकाे १६औं वार्षिकोत्सव मनाउन सफल भएकाे बताए । उहाँले भने, ‘बोण्ड इंङलिस बोडिङ स्कूल सैद्धान्तिक शिक्षासंगै व्यवहारिक र संस्कारिक शिक्षामा जोर दिएकाे छ । विद्यालयमा अहिले शैक्षिक ज्ञान संगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएकाे प्रिन्सिपल बोहराले बताए । कक्षा ९ सम्म पढाईभैरहेकाेमम यिही शैक्षिकसत्रबाट ग्रेड बढाएर १० सम्म पढाइ हुने बताए।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष बजारीराम चौधरीकाे अध्यक्षतामा भएकाे वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा नगेश पशुपति शिक्षा मन्दिरकाे प्रअ रतन चौधरी, पहुरा दैनिककाे पत्रकार प्रेम चाैधरी विद्यार्थी यूवराज ढुङगानालगायत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका कविता चौधरी र संचालन भाइस प्रिन्सिपल बमबहादुर धामीले गरेका थिए ।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहुरुकाे शैक्षिक तथा वार्षिकोत्सवकाे अवसरमा भएकाे खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरु अभिभावक र पहुनाहुरुकाे हातबात पुरस्कार वितरण गरिएकाे थियाे । यस्तै विद्यार्थीहरुकाे विभित्र प्रतिभा प्रदर्शन गरेकाे थियाे । विभित्र नृत्यकाे लागि शिक्षिका रुबी चौधरी र विना चौधरी कोरियोग्राफ गरेका थिए । जसमा विद्यार्थीहरुकाे एकल र समुहमे सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रममा अभिभावकहरु पूर्णबहादुर बोहरा, परसराम चौधरी, रणसिंह कुमाल, जयपति चौधरीलगायतबात पुरस्कार वितरण गरिएकाे थियाे ।