423062870_1136672080833138_407081633882255888_n


धनगढी। नेकपा एमाले, कैलालीको नयाँ नेतृत्व छनौटका लागि बन्दसत्र जारी रहेको छ। कैलालीको सुखडमा आइतवारदेखि सुरु भएको अधिवेशनको सोमवार दिउँसो २ बजेबाट बन्दसत्र सुरु भएको हो।

एमाले कैलालीको नवौं अधिवेशन आइतवार पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। सोमवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र दिउँसोबाट मात्र सुरु भएको छ।

एमालेको बन्द सत्रबाट आर्थिक, राजनीतिक तथा संगठानीक लगायतका प्रतिवेदन प्रस्तुत भएपछि निर्वाचनका प्रक्रिया अघि बढ्ने एमाले कैलालीले बताएको छ। अध्यक्षसहितका पाँच पदाधिकारीका आकाङ्क्षीहरूसँग इच्छापत्र मागेको थियो। अध्यक्षमा तीन जनासहित पदाधिकारीका लागि ५३ जनाले इच्छापत्र दर्ता गराएका थिए। ४ र ५ गते आकाङ्क्षीकाबिचमा सहमति खोजीने भनिएको थियो। तरु, अधिवेशन सुरु भएको दोस्रो दिनसम्म समेत कुनै पदमा सहमति जुट्न सकेको छैन।

अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले आकाङ्क्षा राखेका छन्। तर, उनीहरुबिचमै मूर्त रूपमा छलफल हुननसकेका कारण उपाध्यक्ष, सचिव र दुई उपसचिवको विषयमा प्रवेश गर्न सकेका छैनन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ