धनगढी । सुदूरपश्चिम प्रदेशका साहित्यकार, रचनाकार, शिक्षक लगायतका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।
कैलाली जनपुस्तकालयले ४७ औं वार्षिक साधारण सभाको अवसरमा नगद तथा अभिनन्दनपत्रसहित सोमबार पुरस्कृत तथा सम्मानित गरिएको हो ।
कैलाली जनपुस्तकालयको सभाहलमा भएको सभाले कैलाली जनपुस्तकाले पुरस्कारबाट साहित्यकार चन्द्रसिंह भट्टराईलाई सम्मानित गरेको छ । सो पुरस्कारको राशी ११ हजार रहेको छ ।
२५ हजार पुरस्कार राशी रहेको शिब विमा राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्राध्यापक डाक्टर हेमराज पन्त, जसुन्धरा स्मृति राष्ट्रिय छन्द पुरस्कार माधव वियोगी र पूर्ण कृष्ण स्मृती राष्ट्रिय साहित्य पुरस्कार डाक्टर पुष्करराज भट्टलाई प्रदान गरिएको छ ।
एघार हजार पुरस्कार राशी भएको चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवी पुरस्कारबाट टेकबहादुर रैका, तिलोत्तमा स्मृति राष्ट्रिय शैक्षिक पुरस्कार किरण आचार्य, सावित्रि कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार डाक्टर तिलकराज खनाल र इश्वरी पार्वती मुडभरी प्रादेशिक प्रतिभा पुरस्कार भवानीदत्त अवस्थी (रोशन)ले प्रदान गरेका छन् ।
दश हजार पुरस्कार राशी रहेको उदय दुर्गा राष्ट्रिय साहित्य पुरस्कार मिना पन्त, हर्ष पार्वती राष्ट्रिय लोक संस्कृति पुरस्कार हेमन्ता भट्टराई, सूर्यप्रसाद विष्णु देवी साहित्य प्रतिभा पुरस्कार उमेश अवस्थी ‘आर्दश’, यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कार मुकुन्द भण्डारी, सावित्री कमल राष्ट्रिय लोक सांस्कृति पुरस्कार तीलकराम खनाल र दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार सह–प्राध्यापक गणेशराज जोशीलाई प्रदान गरिएको छ ।
यस्तै दश हजार अक्षयकोष रहेको शिवबिमा जेहेन्दार छात्रवृति प्रविन चन्द र लिलाधर भट्टले प्राप्त गरेका छन भने पाँच हजार पुरस्कार राशी रहेको भोजराज–हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार गजेन्द्रसिंह धामीलाई प्रदान गरिएको छ ।
यस्तै देवकान्त पन्त स्मृति राष्ट्रिय पुरस्कार कृष्णा सिराडी, पहलमानसिंह स्वाँर स्मृति राष्ट्रिय सम्मान डाक्टर टेकराज पन्त, बद्रीनाथ स्मृति समाज सेवा सम्मान तिर्थराज पन्त, दशरथ चन्द्र स्मृति राष्ट्रिय सम्मान गणेशराज जोशी र द्धारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मान तुलसी देवकोटालाई प्रदान गरिएको छ ।
यस्तै विशिष्ठ शिक्षा सेवी सम्मानबाट शिवराज श्रेष्ठलाई प्रदान गरिएको थियो भने प्रदेश प्रमुख सचिवलाई पनि अभिनन्दनपत्रबाट सम्मानित गरिएको थियो ।
पुरस्कार राशी र प्रमाणपत्र प्रदेश प्रमुख सचिव हरि लम्सालले हष्तान्तरण गरेका थिए ।
जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार, कबि, लेखक, शिक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
जनपुस्तकालयका उपाध्यक्ष शिवराज ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन टंकप्रसाद जोशीले गरे ।