Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
थारुभाषाको मुक्तक प्रतियोगिता हुने – कैलारी पोष्ट
Screenshot_20240526-085057_Facebook

हुमकुमार चौधरी। थारु भाषा, साहित्य बचाउन र अघि बढाउने उदेश्यले थारु भाषाको मुक्तक प्रतियोगिता मनको आवाज परिवार नेपाल बर्दियाको आयोजनामा हुन लागेको हो । मुक्तक प्रतियोगितामा थारु भाषाको नयाँ पुस्ताको मुक्तक, गजल प्रेमीहरु सहभागी भईरहेको मुक्तक संयोजक महेशराम थारु जनकारी दिनु भएको छ । प्रतियोगितामा खेतीपातीको समय आईरहेकोले बर्खाको विषयमा लेखेको मुक्तकलाई प्राथमिक्ता दिने आयोजक परिवार जनाएको छ । मुक्तक प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमस ४ सय, ३ सय, २ सय र १ सयको रिचार्ज र प्रमाण पत्र प्रदान गरिने आयोजनकले जनकारी दिएको छ । त्यसैगरी सहभागि सबैजनालाई सम्मान पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा नयाँ नयाँ धेरै प्रतियोगिहरुको सहभागिता हुदै छ । उत्कृष्ट ४ मुक्तक प्रथम, द्धतिय, तृतिय र सान्त्वान मुक्तक वाचन गरी विभिन्न युटुव च्यानल बाट प्रसारण गरिने छ । मुक्तक प्रतियोगितामा सहभागितको लागि मुक्तक यही जेठ ९ गते देखि भएर १५ गते रातिको १२ बजे सम्मको समय रहेको कार्यक्रमक संयोजक महेशराम थारु (तोहार प्यारा) जानकारी दिनु भएको छ । ११ गते सम्म प्रतियोगितामा बर्दिया, बाँके, दाङ्ग, कंचनपुर र कैलालीका गरी ४५ जनम प्रतियोगी मुक्तक श्रष्टाहरु आफ्नो मुक्तक दर्ता गराउनु भएको छ ।

मुक्तक थारु भाषामा बर्खा विषेश हुनुपर्ने, मुक्तक कसैको व्याक्तिगत जिवनमा आक्षेप नलाग्ने हुनु पर्ने, आफ्नै सृर्जना हुनुपर्ने र मुक्तक सगै आफ्नो पुरा नाम ठेगाना, रुची, पेशा र एक प्रति फोटो पठाउने पर्ने छ । मुक्तक श्रष्टाहरु आफुले रचना गरको मुक्तक मनके आवाज तोहार प्यारा फेसबुक आईडीको इनबक्समा पठाउनु पर्ने छ । मुक्तक प्रतियोगिताको परिणाम यही जेठ १६ गते सार्वजनिक हुने आयोजकले जनकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ