चित्रबहादुर चौधरी
ढोडेकानाहरु
घामदेखि तर्सन्छन्
उज्यालो देखेर भाग्छन्
त्यसैले,
दिनभर कात्रो ओढेर सुत्छन्
घाम बुडेपछि
चुच्चो पुच्छन्
पखेटामा तेल घस्छन्
जुरुक्क उठ्छन् चिहानबाट
अनि,निस्कन्छन् आखेटमा!
ट्रकको हेडलाइट ‘फेल’ खान्छ
ढोडेकानाको आँखा अगाडि
झलझल्ति
राती बाल्न पाएको बक्सिस
दिनको उज्यालोमा बालेर
कसैसँग असहमति जनाउनु पनि त छैन!