१० पुस,हसुलिया । कैलालीको हसुलियामा ख्रिष्टमस विशेष कार्यक्रम भव्यताका साथ मनाएकाे छ।

कैलारी गाउँपालिका भित्रका सबै मण्डलीहरु मिलेर संयुक्त रुपमा साे कार्यक्रम आयोजना गरिएको हो। साँस्कृतिक झाकि र बाजा गाजसहित सहित र्याली पुर्वबाट ईलाका प्रहरी कार्यालय नजिक, उत्तरबाट हसुलिया गाउँ र पश्चिमबाट सुर्मिनाला बजारबाटबाट शुरु गरि हसुलिया बजार परिक्रमा गरि हसुलियाकाे खुला मञ्चमा साे कार्यक्रम गरिएकाे हाे। हजारौंकाे संख्यामा आएका विश्वासीहरु ह्याप्पी ख्रिष्टमस, खुशियाली मनाउ, वन, टु, थ्री मुक्ति फ्रि जस्ता नारा हसुलिया बजारभरी १/२ घण्टा घन्किएकाे थियाे।

साे कार्यक्रममा डेउखरिया थारु भाषाकाे नयाँ करार बाइबल विमाेचन गरिएकाे थियाे भने अनुवादबारे माेती रत्नले प्रकाश पारेका थिए साथै थारु झुम्रा नाच,दिन नचुवा, क्यासेट डान्स जस्ता नृत्यहरु प्रदर्शन गरिएकाे थियाे। क्वायर टिमद्वारा नृत्यसहित गाएका गितमा सबै सहभागीहरु नाच्दै गाउँदै झुमेका थिए।
स्थानीय सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेकाे थियाे भने आयोजना समितिका अध्यक्ष तथामहिमा चर्च, कैलारीका रेभ. पास्टर ज्ञानु चाैधरीकाे अध्यक्षतामा भएकाे थियाे तथा समितिका सचिव राम समझ चाैधरीले सञ्चालन गरेका थिए।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको कार्यक्रमका अध्यक्ष तथा महिमा चर्च, कैलारीका रेभ.पास्टर ज्ञानु चाैधरीले बताए।

नेपाल राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सिवि गहतराजकाअनुसार मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो। दिवसका अवसरमा वि.सं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा वि.सं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। वि.सं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ। हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ।

१५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ। नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ।
