लम्कीचुहा । कैलालीको लम्की सामुदायिक चर्चका स्थानीय पाष्टर जन्मजय भट्टराईलाई पक्राउ गरिएकाेप्रति आमूल परिवर्तन नागरिक पार्टीले र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल विज्ञप्ति जारी गर्दै खेद ब्यक्त गरेकाे छ।

ईसाइ धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व ख्रिष्टमसको खुशीयालीमा लम्की चुहा नगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा असहाय बालबालिकालाई किताब बोक्ने झोला र स्टेशनरी बितरण गर्ने क्रममा धर्म परिवर्तन गराएको आरोप लगाई लम्की सामुदायिक चर्चका स्थानीय पाष्टर जन्मजय भट्टराईलाई पक्राउ गरिएकाेप्रति आमूल परिवर्तन नागरिक पार्टीले खेद ब्यक्त गरेकाे छ ।
भट्टराई पक्राउ परेकाे खबर पाउनासाथ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पदाधिकारिले भट्टराईलाई फाेन सम्पर्क मार्फत जानकारी लिएका थिए। कार्यवाहक अध्यक्ष उद्धब प्रसाद चिमाेरियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ : नेपालकाे संविधानकाे धारा २६ (१) मा उल्लेखित धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भन्ने लिखित वाक्यांश,त्यसकाे मर्म,भावना,मूल्य र मन्यतालाईनै चुनाैती दिँदै पक्राउ गरिनु संविधानमाथिकै बलात आक्रमण हाे ।
धर्मनिरपेक्ष राष्ट्रमा राज्यको धर्म हुँदैन तर सत्ता र शक्तिको दुरुपयोग गरी हिन्दु बाहेकका अन्य धर्मलाई स्वीकार नगर्ने विभेदकारी रणनीतिका साथ एकल धार्मिक राज्यका रुपमा अघि बढ्नु खेद पूर्ण रहेकाे छ । यसबाट धार्मिक अल्पसंख्यक समूहलाई विभेद गरेको अनुभुति भएको छ । राज्यबाटै यस्तो हर्कत गरिनु संवैधानिक अधिकारको हनन् र घाेर अन्याय हाे ।
इसाई धर्मावलम्बीले हर्षाेल्लासका साथ मनाइने ख्रिष्टमसको अघिल्लो दिन विद्यार्थीहरुलाई पढ्नमा अझै उत्साहित हुन् भन्ने पवित्र उदेश्य राखेर सहयोग गर्नु अति उदाहरणीय कार्य हाे ।
राज्यले सहयाेग गर्न पर्ने ठाउँमा ब्यक्तिले सहयाेग गर्दा उल्टै केही हिन्दु अतिवादीहरुको उक्साहटमा धर्मपरिवर्तनको झुट्टा मुद्दा लगाई पक्राउ गर्नु संविधानकै बर्खिलाप हाे । तसर्थ झुट्टा मुद्दा लगाई पक्राउ गरिएका भट्टराईलाई तत्काल विना शर्त रिहा गर्न जाेडदार माग गर्दछाैं । जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ ।