कैलाली । थारु भाषामा लेखिने साहित्य प्राय पुरुषबादी दृष्टिकोण झल्किन्थ्यो । तर लेखक इन्दु थारुको भरखरै प्रकाशित बुढनी बट्कोहीमा महिलाबादी दृष्टिकोण प्रष्ट देखिन्छ । यो बट्कोहीले समग्र थारु महिलालाई जीवन जिउनमा सहासिक बनाउनुसंगै थारु भाषा संरक्षणमापनि ठूलो सहयोग पुग्ने कार्यक्रमका सहभागीहरुले बताए ।
बुढनी लोककथामा आधारित छ । थारु भाषामा लिखित बट्कोही ‘बुढनी’ को धनगढीमा समिक्षा (विमर्श) कार्यक्रम थियो । कार्यक्रममा सहभागीहरुले टिप्पणी गर्दै थारु भाषा संगै लोककथा पनि लोप भईरहेको अवस्थामा बुढनी बट्कोहीले थारु भाषा र शब्दको संरक्षण गरेको बताए ।
थारु कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सनु चौधरीले बुढनी बट्कोहीमा एउटा महिलाले आफ्नो जीवनमा कसरी संघर्ष गर्छ भन्ने भाव झल्काएको छ । “एक ठो डाई मनै आपन लर्कापर्का, परिवारमे कौनो विपट नाआए कना चिज समेटल बा ।”
उनले बुढनी बट्कोहीमा पुर्खहरुले बोल्ने थारु शब्दको प्रयोग गरिएकोले नयाँ पुस्तालाई पनि थारु भाषा सिक्न सहयोग पुग्ने बताईन् ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले लोककथामा आधारित बट्कोही सुन्नु र सुनाउनेहरुको कमी भएको बताए । समय परिवर्तनसंगै यो विधापनि लोप भएको उनले बताए । उनले भने “यी किताबके खोलमे उल्लेख हुइल थारु समुदायसे मनाजैना अष्टिमकी चित्र हठिया, घोरुवा, हर्ना, मञ्जोर, पाँच पण्डव, चिरैयाके चित्र, थारु नाउँ जोरल बुढनी बट्कोही थारु समुदायके पहिचान झलकल बा ।”
उनले किताव पढ्नेहरुको संख्या कम हुदै गएको बताउँदै बुढनी पढ्दा थारु समुदायले बोल्ने मौलिक भाषा, शब्द रहेको हुदा यो एउटा इतिहासपनि रहेको बताए ।
त्यसैगरि बुढनीलाइ समीक्षा गर्दै बाँधुराम हरडिउलाकुश्मीले हराउदै गएका लोककथालाई बुढनीले जिवान्त रख्ना सहयोग पुगेको बताए । यो कथाबाट महिला सशक्त हुनुपर्छ भन्ने सन्देश दिएको उनले बताए ।
कार्यक्रममा बाटचित घरको जन्नी सशक्तीकरण संयोजक गीता चौधरी, रानाथारु डटकमका सम्पादक नन्दलाल राना, डा. सुमन चौधरी, सुप साहित्य समाजके सचिव गणेश नेपाली, रजनी चौधरी, पार्वती चौधरी, फुलमति महतो, थारु कलाकार राज चौधरी, थारु बुद्धिजीवी रामदास चौधरी, रेखाकुमारी चौधरीलगायत बुढनी बट्कोहीको बारेम आपनो धारणा राखेका थिए ।
बुढनी बट्कोहीका लेखक इन्दु थारुले यो किताब काल्पनिक भएपनि थारु समुदायको महिलाले भोगेको परिस्थितिमा आधारित कथा जोडिएको बताए ।
उनले भनिन् “यी कथामे थारु समुदायके बेल्सना ढेर मौलिक शब्दके प्रयोग हुइल बा । जौन अब्बे हेरैटी गैल बा ।”
उनले किताव प्रकाशनको क्रममा धेरैको रहेकोले सहयोगी सबैलाई धन्यवाद दिईन् । बुढनी विर्मशको आयोजना बातचितघरले गरेको थियो ।