Screenshot 2025-09-09 160737

कैलाली, भदौ २४ । धनगढीमा मङ्गलबार दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा लागू गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार सुरक्षाको संवेदनशीलताका कारण धनगढीका केही महत्वपूर्ण स्थानहरूलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ