धनगढीः राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन्।
तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ। त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन्। सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन्।
अहिले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ। त्यहाँका सबै भौतिक संरचनाहरू तोडफोड भएका छन्। प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन्।
सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन्।