Screenshot_2025-09-28-13-39-58-188_com.google.android.googlequicksearchbox-edit

हसुलिया, १२ असोज । दसैँको अवसरमा कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाफाँटामा नाइट पेनाल्टी सुटआउट प्रतियोगिता २०८२ हुने भएको छ ।
दहित समूहको आयोजना तथा संरक्षण यूवा क्लब भुँइयाफाँटाको सहयोगमा प्रतियोगिता हुने भएको हो । यहि असोज १७ गते हुने प्रतियोगिताको प्रथम पुरुस्कार २० हजार १५१ र द्धितीय पुरुस्कार १० हजार १५१ रहेको छ ।
प्रतियोगिताका लागि इन्ट्री फि एक हजार रहेको छ । भने रि इन्ट्रीका लागि आठसय रहेको आयोजक दहित समूहका भुवनेश्वर दहितले जानकारी दिए । उनले ४० भन्दा कम टिम उपस्थित भएमा पुरुस्कार राशी सोही अनुसार हुने पनि बताए ।
टिम दर्ता असोज १७ गते बेलुकासम्म रहने र खेल सञ्चालन ६ः३० बजे देखि सञ्चालन हुने पनि आयोजकले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ