IMG-20250930-WA0000

हसुलिया। युवाहरुको एक समूहले एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन ।

दशैँ सबैजना रमेर मनाऔं भन्ने नाराका साथ मन बहलैना बगालका केही युवाहरु दुई महिनाका लागि आवश्यक पर्ने खाद्यान्न चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्यान्न सामग्री सहयोग गराएको कुरा कविता काव्यले जानकारी दिइन। सो परिवारलाई खाद्यान्न ४ बोरा चामल, आलु, खाने तेल, नुन, खुर्सानी, दाल र केही नगद रुपियाँ सहयोग गरिएको हो।

सोही क्रममा कैलारी गाउँपालिका-५, बैजपुर निवासी अन्दाजी ५८ वर्षिय घरमुली देशराम डँगौरा आफु अशक्त छन्। उनको पत्नी शारिरिक रुपमा बिमारी तथा अस्वस्थ छिन्। उनकाे छोरी अपाङ्ग छिन्। उनको छोरा शारिरिक रूपमा कमजोर छन । घरमूली देशराज पनि अशक्त भएकाले घरमा अरु कोही पनि कमाउने ब्यक्ती नभएकोले साथै खेतिपाती नभएकोले जीवन निवार्ह गर्न कठिन भएको जानकारी भए अनुसार सहयोग गरिएको हो । सहयोगीदाताहरुमा राज कुमार चौधरी, विनय चौधरी, विजय चौधरी, सिताराम चौधरी, कविता काव्य चौधरी, मोती रत्न चौधरी, भावना चौधरी, बालमोती चौधरी र प्रबिन बौखही रहेका छन्।
यो मनकारी समूहले कैलारी-७, मिलनपुर, विपतपुर वस्तीमा आगलागी हुँदा खाद्यान्न सहयोग गरेका थिए। साथै बेला बखतमा आपत विपतमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन । समुहले सम्बन्धित स्थानीय तह, वडा कार्यालय तथा मनकारी संघ-संस्थालाई सहयाेगको लागि अपिल पनि गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ