काठमडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
उनीहरुलाई पक्राउ गरेको २४ घण्टाभित्र अदालतमा पेश गरिनेछ।
उनीहरूमाथि लापरबाहीका कारण मानिसको ज्यान गएको आरोप छ।
अदालतले पहिले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिन्छ।
ज्यान मारेको कसुरमा २५ दिनसम्म थुनामा राख्न सकिन्छ।
यदि संगठित अपराध पनि जोडियो भने ९० दिनसम्म थुनामा राख्न सकिन्छ।
कानुन अनुसार उनीहरूमाथि थप मुद्दा पनि लाग्न सक्छ।
जस्तै ज्यान मार्ने, ज्यान मार्ने प्रयास गर्ने वा सम्पत्ति नोक्सान गर्ने।
अहिले प्रहरी र सरकारी वकिलले अनुसन्धान गरिरहेका छन्।
अदालतको निर्णयपछि मात्र उनीहरुको भविष्य तय हुनेछ।