घर त बनायो मान्छे ले खै के बनायो? पर्खाल र अन्धकार भित्र थुन्यो आफैलाइ पर्खाल बहिर थुन्यो आफन्तलाइ ऋण ले पुऱ्यो आफुलाइ कंक्रिटले पुऱ्यो पृथ्विलाइ रंग, आकार र साइजका सिमाहरु बनायो मनको दुरि बनायो कित्ताकाट गऱ्यो सहोदरलाइ मान्छेले घर बनाउन थालेपछि हो मानवता बेघर हुन थालेको यायावर