Advertisements
डा. कृष्णराज सर्वहारी
घर त बनायो मान्छे ले
खै के बनायो?
पर्खाल र अन्धकार
भित्र थुन्यो आफैलाइ
पर्खाल बहिर
थुन्यो आफन्तलाइ
ऋण ले पुऱ्यो आफुलाइ
कंक्रिटले पुऱ्यो पृथ्विलाइ
रंग, आकार र साइजका
सिमाहरु बनायो
मनको दुरि बनायो
कित्ताकाट गऱ्यो सहोदरलाइ
मान्छेले घर बनाउन
थालेपछि हो
मानवता बेघर हुन थालेको
यायावर