ब्यानर

हसुलिया । मुक्तक प्रतियोगितामा राम कुमार डंगौरा प्रथम, पवन चौधरी द्वितीय, राजन विश्व दीप तृतीय भएका छन।

मनको आवाज परिवार नेपाल बर्दियाको आयोजना जेठ ९ गते देखि भएर १५ गते भएको मुक्तक प्रतियोगितामा जानकी-९, कैलालीका राम कुमार डंगौरा”चुक्कू’ प्रथम, राजापुर-१०,बर्दियाका पवन चौधरी द्वितीय, बारबर्दिया-११,बर्दियाका राजन विश्व दीप तृतीय र बारबर्दिया-४,बर्दियाका सबिना थारु”सबि’ सान्त्वना भएका हुन ।

पुरस्कार क्रमश: ४ सय, ३ सय, २ सय र १ सयको रिचार्ज र प्रमाण पत्र प्राप्त गरेका कुरा संयोजक महेशराम थारु जनकारी दिनु भएको छ ।

प्रतियोगितामा उत्कृष्ट ४ मुक्तक प्रथम, द्धतिय, तृतिय र सान्त्वान मुक्तक वाचन गरी विभिन्न युटुव च्यानल बाट प्रसारण गरिने छ ।

खेतीपातीको समय आईरहेकोले बर्खाको विषयमा लेखेको मुक्तकलाई प्राथमिक्ता दिएको थियो । प्रतियोगितामा बर्दिया, बाँके, दाङ्ग, कंचनपुर र कैलालीका गरी ६१ जना प्रतियोगी मुक्तक श्रष्टाहरु आफ्नो मुक्तक दर्ता गराउनु भएको थियो । भाषा, साहित्य बचाउन र अघि बढाउने उदेश्यले थारु भाषाको मुक्तक प्रतियोगिता मनको आवाज परिवार नेपाल बर्दियाको आयोजनामा भएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ