हसुलिया, १० चैत। कैलाली जिल्लाको यस्तै कैलारी गाउँपालिकामा ‘कैलारी गाउँपालिका तेक्वान्दो विकास समिति’ पनि गठन भएको छ । आज एक कार्यक्रमका बिच सन्तराम चौधरीको अध्यक्षतामा ११ सदस्यीय समितिको उपाध्यक्षमा सुनिल चौधरी र नबिन बोहरा, सचिवमा सन्तराम चौधरी, कोषाध्यक्षमा मञ्जु चौधरी रहेका छन् । सदस्यमा क्रमशः राम नरेश चौधरी, कलेश चौधरी, बिनय चौधरी, सिजय चौधरी, दिर्घ ठकुल्ला र हीरालाल चौधरी रहेका छन् ।
सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका कार्यबाहक अध्यक्ष सरोज चौधरी अध्यक्षता तथा कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरी प्रमुख आतिथ्यतामा उक्त समिति गठन भएको हो ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका सचिव श्रीराम चौधरी, प्रदेश कार्यसमितिका सदस्य, सुदुरपश्चिम प्रदेश तेक्वान्दोका प्रमुख प्रशिक्षक गोविन्द विष्ट, धनगढी उप–महानगरपालिका तेक्वान्दो विकास समितिका सचिव योगेन्द्र खोलाउला लगायत कैलारी गाउपालिकाका खेलाडी, समाजसेवी तथा बुद्धिजिविहरुको समेत उपस्थिति रहेको थियो ।
गाउँपालिकाको नौ वटै वडाहरुमा स्वास्थ्य सेवाको पहुँच
गरी कैलारी गाउँपालिकाको नौ वटै वडाहरुमा स्वास्थ्य सेवाको पहुँच भएको छ ।
सो गाउँपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएपछि सबै वडावासीलाई स्वास्थ्य सेवाको पहुँच भएको हो । यसअघि, आठ वटा वडामा स्वास्थ्य संस्था रहेकोमा वडा नम्बर ४ मा आधारभूत स्वास्थ्य केन्द्र थिएन । सो वडामा पनि प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिएको छ । मङ्गलबार एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले केन्द्रको उद्घाटन गरे । यो संगै गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।

‘यसअघि, तत्कालीन गाविसको बेला केही ठाउँमा हेल्थ पोष्ट बनिसकेको थियो’, उनले भने । ‘तत्कालीन समयमा निर्माण भएको हेल्थ पोष्ट र आधारभूत स्वास्थ्य सेवा केन्द्र गरेर अब सबै वडामा स्वास्थ्य संस्था बनेको छ ।’ स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्ट वा अहेब, अनमी र कार्यालय सहयोगीहरु कार्यरत रहेका जनाइएको छ । ती संस्थाहरुबाट प्राथमिक उपचारका साथै बच्चालाई खोप दिने, गर्भ जाँच गर्ने, बच्चाको वृद्धि मापन गर्ने जस्ता सेवा उपलब्ध रहेका सापकोटाले जनाए ।

करिब ६० लाख रुपैयाँ बजेट खर्चेर वडा नम्बर ४ को के गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको हो । वडा अध्यक्ष भीखराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा समाजसेवी राजसमझ चौधरी, गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल, लेखा प्रमुख दीपेन्द्र चौधरी, वडा कार्यालयका कर्मचारी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख एवम् हेल्थ असिस्टेन्ट मिना विकले गरेकी थिइन् ।