524x380-nepalgunj_jamunaha_border

बाँके ८, बैशाख: बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।

जिल्लामा तीव्र रुपमा कोरोना संक्रमण फैलिएपछि वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गरिने बताइएको छ।विज्ञापन

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले वैशाख ९ गते बिहीबारदेखि लकडाउन गर्न आग्रह गरेको जनाइएको छ।

बाँकेमा केही दिनयता दैनिक २ देखि ३ सयसम्म संक्रमित थपिन थालेका छन् भने दैनिक ३ जनासम्मको मृत्यु हुन थालेको छ। 
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ