जित ट्रासन
विश्व महामारीले
देशको चीत्कार
जति दर्दनाक छ
त्यो भन्दा बढी
ठग सम्राटको व्यथा भयानक छ
देश जीवन जोगाइ देऊ भनिरहेछ
ठग सम्राट कुर्सी बचाइ देऊ भनिरहेछ
फरक यत्ति मात्र छ ।
ठग सम्राटका जल्लादहरु
हेलिकप्टरमा विचरण गरिरहेछन्
तिनका महान रैतीहरु
ट्याक्टरमा मृत्युवरण गरिरहेछन्
जनता जीवन,आशा र भरोसा खोजिरहेछन
ठग सम्राटका पहरेदारहरु
मुफ्तमा रोग,भोक र शोक वितरण गरिरहेछन्
फरक यत्ति मात्र छ ।
ठग सम्राटका
एक हुल आँखाहरु
ध्वस्त जनजीवनका हेर्दै
भग्नावशेषहरु
मक्ख र प्रफुल्ल छन्
र यसपटक पनि आफ्ना खुनी इतिहासहरु
रच्दैशान्ति सद्भावका शुभकामना
आफ्ना छापामा दिइरहेका छन्
फरक यत्ति मात्र छ ।