jilla-prasasan-kailali

धनगढी, ३० जेठ । कैलालीमा नयाँ मोडालिटी बनाएर निषेधाज्ञा लम्ब्याउने तयारी भईरहेको छ । स्थानीय प्रशासनले जेठ ३१ गतेपछि पुन निषेधाज्ञा लम्ब्याउने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले असार पहिलो सातासम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको जनाए । निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बनाउने तयारी भईरहेको उनको भनाई थियो ।

विद्यालय लगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी, सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको जोशीले जानकारी दिए ।

कैलालीमा अहिले हप्ताको चार दिन पसल खुल्ला गरिएको छ । प्रत्येक आइतबार, मंगलबार,विहीबार र शनिबार बिहान ७ बजेदेखि विहान १० बजेसम्म तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर खुल्ला हुदै आईरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ