IMG20210728121726
Advertisements

हसुलिया, २२ साउन । कैलालीको कैलारी गाउँपालिकामा हालसम्म १२ हजार १२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरेर सो संख्यालाई खोप लगाइएको हो । जुन खोप लगाउन योग्य जनसङ्ख्याको २० प्रतिशत हुन आउँछ । सो गाउँपालिकामा करिब ६० हजार जनसंख्या रहेको छ । जसमध्ये खोप लगाउन योग्य १८ वर्ष उमेरमाथिको जनसङ्ख्या ४० देखि ५० हजारको हाराहारीमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । हालसम्म खोपको दुवै डोज चार हजार ५०० जनाले पाइसकेका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।

यसैगरी, पहिलो डोज मात्र लगाउनेको सङ्ख्या साढे सात हजार रहेको छ । खोप लगाउन योग्य करिब ३० हजार जना व्यक्ति अझै खोप लगाउन बाँकी रहेको उनले बताए । कैलारी गाउँपालिकामा अहिलेसम्म कोभिशिल्ड चार हजार ८८७ जनाले लगाएका छन् । जसमध्ये ५०२ जनाले दुवै मात्रा पूरा गरिसकेका छन् भने चार हजार ३५० जनाले दोस्रो डोज लगाउन बाँकी छ । यस्तै, भेरोसेलको दुवै डोज ५०० जनाले लगाइसकेका छन् भने तीन हजार ४०२ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले जनाए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ