Korona Hospital

धनगढी, २३ साउन । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १६९  नमूनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १५२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ४ जना अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्।  अस्पतालमा ६ जनाको आसीयुमा उपचार भइरहेको छ भने ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ