हसुलिया, भदौ १४ । तेस्रो थारू बाल कविता श्रृंखला जूम मार्फत मंगलबार १५ गते हुने भएको छ । कैलारी पोष्टको फेसबुकबाट लाइव प्रशारण हुने कार्यक्रम समकालीन थारू बाल साहित्य फेसबुक पेजको आयोजनामा हुने भएको हो।
तेस्रो श्रृंखलामा पत्रकार, लावा डगरका सम्पादक तथा अग्रज साहित्यकार छविलाल कोपिला समीक्षकको रुपमा उपस्थित हुने छन भने कवयित्री अनितु चौधरी, कवि अंकर अनजान सहयात्री, कवि विक्लेरम बिरहुलले आफ्नो बाल कविता आफ्नो आवाजमा सुनाउनु हुनेछ । साहित्यकार मोती रत्नले कार्यक्रम होस्ट गर्नुहुनेछ ।
यस श्रृंखलामा सहभागी हुनका लागी कैलारी पोष्ट र साहित्यकार अंकर अन्जान यात्रीको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com मा कविता पठाएर र ज़ूममार्फत प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै बालकवितालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ। सैह्चिन साहित्यिक पत्रिका र कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको दोश्रो मंगलबार फेसबुकबाट लाइव प्रशारण हुनेछ ।
मिडिया पाट्नर यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि.मा हरेक महिनाको दोस्रो बुधबार अपलोड हुनेछन भने यस कैलारी पोष्ट र सैह्चिन साहित्यिक पत्रिका मार्फत उक्त थारू भाषी बाल साहित्यलाई अक्षरमा पढ्न सकिनेछ। लिंक तल दिएकोछ। जोडिन नभुल्नु होला
Join Zoom Meeting https://us02web.zoom.us/j/84918963645?pwd=Vi9sZVN2VUFqYUpiWHNmQSs3Q0pCQT09 Meeting ID: 849 1896 3645 Passcode: CCBTNP