mb
Advertisements

काठमाडौं १५ भदौ। नेकपा एमाले विभाजन गरेर बनेको नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीको चर्च कनेक्सनका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला चर्च सम्बन्धी उनले दिएको अर्को अभिव्यक्तिको भिडियोले यतिखेर चर्चा पाएको छ ।

नेकपा एमाले विभाजन गराउँनु पर्छ भनेर सबैभन्दा धेरै प्रेसर गरेर माधव नेपाललाई साथ दिने मध्यका एक प्रमुख नेता मेटमणी चौधरीले चर्चको विकास र विस्तार नगरि मुलकको विकास हुन नसक्ने ठोकुवा गरेका छन् । सांसद चौधरीको चर्च कनेक्सनका बारेमा विभिन्न टिका टिप्टपणी भइरहेका बेला उनले ख्रिस्टीयन समूदायको एक कार्यक्रममा बोलेको भिडियो यतिखेर सामजिक संजालमा भाइरल भएको छ । ख्रीष्टमस र्याली तथा महोत्सब २०२१ नाम दिएको कार्यक्रममा मन्तव्य दिँदै सांसद चौधरीले येशु ख्रिष्टको व्यापक प्रशंसा गरेका छन् । मन्दिरको विकास भइरहेको जसै गरि चर्चको पनि विकास गरेर मुलुको विकास गर्नु पर्ने बताएका छन्। येशु ख्रिष्टको बयान गरेर नथाकेका चौधरीले येशु ख्रिष्टले भनेजस्तै संसारमा पापबाट मुक्ती पाउँने हो भने ख्रिष्टको सम्बृद्धी अनिवार्य भएको र र छुवाछुत न्यूनिकरण गर्न चर्चको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

सबै खालका पाप, अत्याचार, र दमनबाट मुक्तिका लागी येशु ख्रिष्टको जन्मभएको भन्दै चौधरीले आफनो नजरमा सबै धर्म बराबर भएको भन्दै चर्चको विस्तारको लागी आफुले बजेट दिँदै आएको बताएका छन् । यो बर्ष १०लाख दिएको र आगामी बर्ष चर्चको विस्तारका लागी थप बजेट दिने घोषणा गरेका थिए । कार्यक्रममा पास्टरले भन्दा चर्को भाषण गरेका सांसद चौधरीले चर्चको विस्तार गर्न कति रकम चाहियो भनेर आफुलाई योजना पेस गर्न अनुरोध गरेका थिए । यती चाहियो भनेर भन्ने हो भने आफुलाई त्यहि अनुसार बजेट दिन सजिलो हुने उनले बताएका थिए । विश्व समुदाय लेनै आएर प्रार्थना गर्न सकिने सुविधा सम्पन्न भव्य चर्च बनाउनु पर्नेमा सांसद चौधरीले जोड दिएका थिए । साभारः एम बि खबर

1 thought on “छुवाछुत न्यूनिकरण गर्न चर्चको महत्वपूर्ण भूमिका छ: सांसद चौधरी

  1. अनुग्रह राना मगर 'पुस्प' भन्नुहुन्छ:

    अति राम्रो देशको बिकास र उन्नत्तिको लागि अति आबस्यक कुरा हो । जसद्वारा सबैमा स्वतन्त्रताको अधिकार मिल्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ