
हसुलिया, १५ भदौ। नेपालका थारु समुदायले दुई दिन मनाउने अष्टिम्की टिक्ने(कृष्ण जन्म अष्टम्मी पर्व)अष्टिम्की को ब्रत बसेकाले आज बिहानै थारु बिधि (रिति) पुर्वक अष्टिम्की पातको टपरी ,दुना मा दियो बालि नजिकै को नदीखोला मा गई दियो सेलाउने गर्छन।र सेलाई सके पछी आ आफ्नो घरमा गई धुप बत्ती गुईंठाको आगो मा जल चढाई घरमा बनाईएका बिभिन्न थारु परिकार लाई आफु नखाईकन (जुठो नगरिकन)आ आफ्नो भाग बाट आधा खाने परिकारहरु अर्को भाडो (दुना टपरी)मा हाल्छन।यसरी ब्रत बसेकाहरुले आफु जुठो हुनु भन्दा पहिले अलग छुट्याएको भाग खानेकुरालाई आफ्नो घरको बिबाहित चेलिबेटीलाई अग्रासनको रुपमा दिने चलन रहि आएको छ।बिबाहित चेलिलाई अग्रासन उपहार,कोसेलि लाईजति टाढा भए पनि नदि ,जंगल पार गरेर अग्रासन दिन जाने गरेका छन। उता बिबाहित चेलिबेटीहरु माईटीपक्षबाट आउने गरेको अग्रासनको पर्खाईमा बसेका हुन्छन।बिबाहित चेलिहरुले अग्रासनको पर्खाईमा त्यो दिन आफुले बनाएको खाना खादैनन भोकलागे पनि आग्रासन कुरीरहेका हुनछन।यसरी बिबाहित चेलिको घरमा अग्रासन पुग्यो भने धेरै खुशि हुन्छन।अग्रासन ले बिबाहित चेलि र माईतिपक्षको सम्बन्ध प्रगाढ रहेको हुन्छ।बिबाहित चेलि मध्ये ज जसको अग्रासन माईतिपक्ष बाट आउदैन त्यो बेला बिबाहित चेलिहरु निरास हुन्छन।बिबाहित छोरीलाई अग्रासनको रुपमा दिनेजानेलाई छोरीपक्षका ले निकै स्वागत सत्कार गर्ने गर्छन। यसरी थारुहरुले मनाउने गरेका अष्टिम्की को महत्व रहेको छ।