स्वाथ्य
Advertisements

धनगढी २१ भदौ। सुदूरपश्चिमा ४३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। विज्ञापन

प्रदेशभर ९ सय ४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा ८१ जनाको नमुना परीक्षण गर्दा २० जना, महाकाली अस्पतालमा ६ जनाको नमुना परीक्षण गर्दा १ जना, डडेल्धुरा अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा ४ जना र बैतडी अस्पतालमा २४ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। विज्ञापन

यस्तै एन्टिजेन बिधिबाट ८ सय २३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। आज प्रदेशभर ७ जनाले कोरोना जितेर घर फर्किएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ