girl2021-02-22-09-24-14

कञ्चनपुर, ११ फागुन । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापक खडक सिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएका छन्।

उक्त विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाअध्यापक विष्टले कुटेपछि उनलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा चोट छ।

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए।घटनाबारे विद्यार्थी संघ संगठन महिला अधिकारकर्मीले विरोध जनाएका छन्। पश्चिमटुडेबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ