Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ किरण – कैलारी पोष्ट
kiran-johi2021-02-23-07-57-20

डोटी ,११ फागुन । बैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बन्न सफल भएकी छन्। उनी सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुन्। गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमा पदस्थापना गरेपछि उनी सोमबार डोटी जिल्ला प्रशासन कार्यालयमा हाजिर भएकी छन्। उनलाई डोटीका प्रमुख जिल्लाअधिकारी भीमप्रसाद भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गरे।

गृह मन्त्रालयको माघ २८ गतेको निर्णय अनुसार डोटी जिल्लाको सहाय सीडिओमा पदस्थापना गरेपछि हाजिर भएको किरण जोशीले बताइन्। यसअघि उनि रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारी थिइन्। आफू जन्मेकै प्रदेशमा बसेर देश र जनताको सेवागर्ने अवसर पाएको मा खुशी लागेको जोशीले बताइन्। सुदूरपश्चिम बसुन्जेल जनभावना अनुसार कामगर्ने उनले प्रतिबद्धता जाहेर गरीन्। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ