122564058_360113085245904_5073000320681116431_n_0

धनगढीः धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते भएका  छन्।

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ज्ञानु प्लाजा नजिक चटकपुरबाट चौराहतर्फ आइरहेको नम्बर नखुलेको टु ट्वान्टी मोटरसाइकलले ठक्कर दिदा एकजना घाइते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा लम्कीचुहा नगरपालिकाकी निर्मला खनाल रहेकी छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ