स्थानीय सरकार गठनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान शुरू भएको छ र लगभग ९०% मानिसहरुले मतदान गरीसकेका छन ।
देशभर शान्तिपूर्ण रुपमा मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ। आज बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।
स्थानीय तहका जनप्रतिनिधि चयन गर्न बिहानैदेखि मतदान केन्द्रमा मतदाताको लाइन लागेको छन्। विशेष गरेर तराई क्षेत्रमा मतदान केन्द्रमा झिसमिसेदेखि नै मतदाता लाइनमा लागेका छन्।
आज देशभरका ७५३ स्थानीय तहमा मतदान शुरु भएको हो। जसमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्।
देशभरबाट ३५ हजार २२१ जनप्रतिनिधि चयन हुनेछन्। जसमा ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
आज कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा मात्रै मतदान रोकिएको छ। त्यहाँ उम्मेदवारको मृत्यु भएका कारण जेठ ३ गते निर्वाचन हुनेछन्।