FB_IMG_1614670830446
Advertisements

काठमाडौं, १८ फागुन। सरकारले विप्लव नेतृत्वको नेकपा सँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएको छ ।

प्रवक्ता गुरुङले वार्ता टोलीको घोषणा गर्दै सबै समस्या वार्ताबाटै हुने बताए। उनले प्रतिबन्धको फुकुवा पनि वार्ताकै प्रक्रियामा हुने जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ