Screenshot_20220823-092450_Facebook

कैलाली । कैलालीको टीकापुरमा आज मंगलबार टीकापुर विद्रोह दिवस मनाउने भएको छ ।
टीकापुर घटनालाई लिएर थारु अधिकारवादी संघ संस्थाले भदौ ७ गतेका दिन टीकापुर विद्रोह तथा ८ गते कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
यस वर्ष थरुहट थारुवान राष्टिय मोर्चा, थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा समानता, न्याय, अधिकार, सद्भावका लागि एवं दासता विरुद्ध नारा सहित विद्रोह दिवस मनाउने भएको छ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक माधव चौधरीले कार्यक्रम टीकापुरको कान्छी बजार स्थित खुल्ला मञ्चमा आयोजना हुने बताए ।
यता टीकापुर विद्रोहबाटै जन्मिएको तथा जनमतबाट आएको नागरिक उन्मुक्ति पार्टीको आयोजना पनि टीकापुर विद्रोह दिवस मनाउने भएको छ ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटना भएको दोस्रो दिन विहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरी सहित नेता कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ