इन्दु चौधरी थारू कोटाबाट, केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली सुवेदी खस आर्यमा पहिलो, काँग्रेस सांसद पार्वती डिसी चौधरी तेस्रो नम्बरमा 

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक बन्दसूची बल्ल सार्वजनिक गरेको छ । जसमा प्रतिनिधि सभामा ६० र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नाम सार्वजनिक गरिएको हो । 

सूचीमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली सुवेदी एक नम्बरमा छन् । त्यस्तै पूर्व सांसद हिमान्चल भट्टराई दुइ नम्वरमा तथा काँग्रेस सांसद पार्वती डिसी चौधरी तेस्रो नम्बरमा अँटाएकी छिन् । 

कैलाली–३ क बाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुने चर्चामा रहेकी लेखिका इन्दु चौधरी थारू कोटाबाट प्रतिनिधि सभातर्फ पहिलो नम्बरमा परेकी छिन् ।

कैलाली १ मा प्रदेश सभाको प्रत्यक्षतर्फ आकांक्षी ललित ताम्राकार, स्थानीय चुनावमा टीकापुर नगरपालिकामा पराजित उल्कादेवी विक पनि समानुपातिक सूचीमा परेका छन् । 

प्रदेश सभामा पण्डित पहिलो नम्बरमा

सुदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली सार्वजनिक गरिएकोमा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित एक नम्बरमा तथा टीका थापा दोस्रो नम्बरमा छिन् । कैलाली १ मा प्रदेश सभा ख को प्रत्यक्षतर्फ आकांक्षी तीर्थराज बोहोरा पाँचौ नम्बरमा रहेका छन् । 

टीका थापा एमाले कैलाली जिल्लाका निवर्तमान अध्यक्ष रतन थापाकी श्रीमती हुन् ।  रतन थापा कैलाली २, क बाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार छन् 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ