थारू आयोगले थारूहरु मधेसी होइनन् भनेर प्रतिवाद गरेको छ । 

यही असोज ३१ गते मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो । सो प्रतिवेदनमा मधेसी समुदायको थर सूचीकरण अध्ययनमा थारू समुदायलाई पनि मधेसीमा समावेश गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको थारू आयोगले जनाएको छ । 

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, थारू समुदायको पहिचानमाथि नै चुनौती खडा गर्ने गरी ल्याइएको उक्त सिफारिशप्रति थारू आयोगको पूर्ण असहमति छ । 

विगतमा राज्य तथा गैरराज्य पक्षबाट थारूलाई मधेसी समूहभित्र समाहित गर्न खोज्ने विभिन्न प्रयास भए पनि थरुहट थारूवान आन्दोलनले यसलाई अस्वीकार गरिसकेको छ । यस विषयलाई नेपालको संविधानले स्वीकार गरिसकेको र तद्नुरुप कानूनहरु पनि बन्दै कार्यान्वयनको क्रम अगाडि बढेको अवस्था छ । त्यसैले, सबै पक्षबाट यस विषयलाई गम्भीरतापूर्वक लिई आआफ्नो जिम्मेवारी पूरा गर्न विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराइएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ