हसुलिया। कैलालीको कैलारी गाउँ पालिका वार्ड नं. ५, स्थिट बैजपुरमा ढुर झराई कार्यक्रम हुने भएकाे छ। मन बहलैना बगाल बैजपुरकाे आयोजनामा बैजपुर गाउँ समाजकाे संयाेजन साथै मिडिया पाट्नर कैलारी पाेष्ट.कम रहेकाे साे कार्यक्रम दिपावलीकाे लक्ष्मि पुजाका दिन हुने भएकाे हाे। थारु नाचगान, सँस्कृति दिनदिनै हराउँदै गएकाेले र नयाँ पुस्तालाई संरक्षणकाे चेत खुलाउनलाई याे कार्यक्रम गर्न गइरहेकाे आयाेजकका संयाेजक कविता काव्यले बताउनुभयाे। उहाँ अगाडि थप्नुहुन्छ दाैसि भाैलाे खेल्ने हाम्राे सँस्कृति हाेेेईन तर दशैँमा सखिया नाचसँगै नाच विसर्जन गर्नका लागि ढुर झार्ने गरिन्थ्यो । त्यसैकाे निरन्तरताकाे लागि हामी दशैँमा साँस्कृतिक साँझ र डसिया मिलन कार्यक्रम एकदम सभ्य र भव्य तरिकाले सम्पन्न गर्याे त्यसैकाे विसर्जनकाे लागि ढुर झराई कार्यक्रम गर्न गइरेका छाै । पक्कै पनि यसले हाम्राे गाउँ समाजमा केही न केही मात्रामा नाचगान संरक्षणमा चेत खाेल्नेछ। पछिल्लो केही बर्षहरुमा गाउँ सुनसान थियाे दशैँ र दिपावली आएकाे गएकाे थाहा हुन्थिएन तर याे बगालले नयाँ काम गर्न थाले पछि हामी पनि हाेस्तेमा हैसैँ गर्दै साथ दिएका छाै भनी बैजपुर गाउँका भलमन्सा गणेश चाैधरीले बताउनुभयाे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ