कैलाली । नागरिक उन्मुक्ति पार्टीले अगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को घोषणापत्र बुधबार सार्वजनिक गरेको छ ।
घोषणापत्रमा स्वदेशको सम्पदालाई स्वदेशीले नै सदुपयोग गर्न पाउने आवश्यक कानुन बनाउन, स्वदेशीले नै सजिलै लगानी गर्नसक्ने जल, ऊर्जा, कृषि क्षेत्रमा नागरिक लगानीको ग्यारेन्टी गर्न, संसदमा सबै वर्ग र जातको अनिवार्य उपस्थिति, निर्वाचन क्षेत्र पनि महिला, दलित, जनजाति, सीमान्तकृतका लागि आरक्षणका नागरिक उन्मुक्ति पार्टीलाई भोट दिनु आह्वान गरेको छ । साथै उसले कृषि जमीनको खण्डीकरण, सार्वजनिक सम्पत्तिको दोहन, ठेक्कापट्टाबाट लाभ र धार्मिक क्षेत्रमा लगानी लगायत आफ्ना जनप्रतिनीधीले नगर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
साथै नागरिक उनमुक्ति पार्टीले स्वरोजगारमूलक शिक्षा, सामूहिक फलफूल तथा तरकारी खेती सामूहिक पशुपालन (माछा, भैंसी, बंगुर, कुखुरा, बाख्रा, माहुरी), सामूहिक साना उद्योग (कपडा, दुना टपरी, अगरवत्ति) तथा अन्य प्रकारको साना उद्योग सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रम र ‘उत्पादनसँग नागरिकलाई जोड्ने’ विशेष योजना ल्याउने जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ