
कात्तिक २९, सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका स्थित शुभ होटलमा एन.सी.एफ.एन.कर्णाली प्रदेशको पहलमा सुर्खेत इसाई समाजका पास्टर अगुवाजन र एन.सी.एफ.नेपालका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङवीच आशिषमय भेट तथा डिनर फेलोसिप सम्पन्न भएको छ । यस विशेष भेटघाट संगतिलाई सम्बोधन गर्दै एन.सी.एफ.एन.का केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङज्यूले सुर्खेत इसाईसमाजले हजारौ युवाहरुको वीचमा स्थानिय सा्रेतसाधनबाट ऐतिहासीक शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्न सफलभएकोमा खुशी व्यक्तगर्दे एन.सी.एफ.एन.को तर्फबाट आयोजक समितिका अध्यक्ष रेभ. पदम गैर लगायत उहाँका सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद प्रदान गर्नुभएको थियो । विविध परिस्थितिको वीच सौभाद्रपुर्ण वातावरणमा यसप्रकारको भव्यकार्यक्रम सम्पन्न गरेर सुर्खेतका मण्डलीहरुले राष्ट्रिय स्थरमा नै एकतको असल सन्देश दिएको कुरा वताउनु भएको थियो । त्यस्तैगरि परमेश्वरको वचनबाट उत्साह दिनुहुर्दै हामी सवै प्रभुका मण्डलीहरु असल विचार, असल हृदय र व्यहवाहरीक सेवामा लाग्नुपर्ने कुरालाई जोडदिनु भएको थियो । यसैक्रममा सुर्खेत इसाईसमाजका अध्यक्ष रेभ. पदम गैरेज्यूले भर्खर सम्पन्न एतिहासीक युवा शिखर सम्मेलन सम्पन्न गर्नको लागि एन.सी.एफ.एन.का अध्यक्ष रेभ. हनोक तामाङज्योको महत्वपूण सहयोग र साथ रहकाले कार्यक्रम सम्पन्न गर्न सकिएको भन्र्दै अध्यक्षज्यूलाई विशेष धन्यवाद दिनुभएको थियो र उहाँले रेभ. हनोक तामाङ एन.सी.एफ.एन.को अध्यक्षमात्र नभर नेपाली मण्डलीहरुको अभिभावक हुनुभएको र सवैलाई मिलाएर लानसक्ने एक असल नेतृत्व भएकाले भावीदिनहरुमा हामीलाई अघिबढ्नको लागि उहाँको साथसहयोगको आवश्यकता रहेको कुरा वताउनु भएको थियो । यसै क्रममा एन.सी.एफ.एन. लुम्बिनी प्रदेशका अध्यक्ष पा हेम दासज्यूले सुर्खेत जिल्लाका पास्टर अगुवाजनहरु वीच यसप्रकारको आशिषमय भेला संगतिले आफु प्रभावित भएको र यो प्रकारको भेलाले मेरा अध्यक्ष रेभ. हनोक तामाङज्यूे्ले अघिसार्नुभएको सम्बन्ध संगति र सहकार्यको अवधारण लागुभएको कुरा वताउनु भयो । यस संगतिलाई एन.सी.एफ.एन. कर्णाली प्रदेशका अध्यक्ष पा. वीरबहादुर रानाज्यूले सञ्चालन गर्नुभएको थियो । इत्राम मण्डलीका बरिष्ठ पास्टर नविन दर्लामी र एन.सी.एफ. लुम्बिनीको प्रदेशको सक्रियतामा सम्पन्न गरीएको यस विशेष भेटघाट तथा डिनर फलोसिपमा ४६ जना पास्टर तथा अगुवाजनहरुको उपस्थित रहेको थियो ।