गड्डाचाैकी कञ्चनपुर

धनगढी: निर्वाचनका समयमा भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न मंसिर १ गते राति १२ बजेदेखि सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुलाले सूचना जारी गर्दै मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने बताएका हुन्।अन्तर्राष्ट्रिय नियमानुसार चुनावका समयमा सीमानाका बन्द गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। सुदूरपश्चिम प्रदेशसँग कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला गरी पाँच जिल्ला भारतसँग सीमा नाका जोडिएका छन्।कैलालीको गौरीफन्टा र खक्रौला, कञ्चनपुरको बेलौरी, गड्डाचौकी र ब्रहमदेव, डडेल्धुराको परशुराम, बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ, दार्चुलाको खलंगालगायतका सीमानाका जोडिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ