हसुलिया, फागुन २२ । कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियामा दीपेन्द्र माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक भेला शुक्रबारको सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँ गाउँपालिकाको केन्द्रमा रहेको यो विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्नु पर्ने र आफु सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको क्षेत्रमा विकास गर्ने कुरामा पनि जनाए।
विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्र विद्यालयम सुधार भईरहेको शैक्षिक, भौतिक र आर्थिक पक्षमा प्रअ तथा शिक्षकहरुको लगनशिलतामा विद्यालयको सुधार भएको बताए ।
विद्यालयको बजेट लेखापाल जगराम चौधरीले १ करोड ४२ लाख ९६ हजार ८०२ रुप्या २० पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए । विद्यालयको प्रअ विनोद भट्टराई बर्ष भरीको गतिविधि तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कक्षामा प्रथम, दोश्रो तथा तेश्रो भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । यही विचमा पूर्व प्रअ, शिक्षक, कर्मचारी लगायत १२ जना सम्मानित भएका थिए । सम्मानित हुनेहरुमा श्याम मल्ल, नरेन्द्रबहादुर सिंह, नारायणप्रसाद चौधरी, धिरज चौधरी, चुल्हुराम चौधरी, चक्रबहादुर देउवा, रेखा जोशी, गणेशप्रसाद भाट, प्रभुराम चौधरी, कार्यलय सहयोगी चुल्हुराम चौधरी लगायत रहेका छन, उनीहरुलाई दोसल्ला सहिट सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वीरप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा धनाटिका युगान्त अक्षय कोषको संरक्षक तथा विशिष्ट अतिथि होमबहादुर गुरुङ पनि रहेका थिए।कार्यक्रमको संचालक शिक्षक नारायणप्रसाद ढकाल, स्वागत मन्तव्य प्लस टु संयोजक प्रिमराज पन्त, विद्यार्थी नेपाली भाषाको सतिश चौधरी र अंग्रेजी भाषा सिमरन चौधरी स्वागत मन्तव्य दिएका थिए ।