हसुलिया । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका–८ मा रहेकाे अँखुुवा कृषि सहकारी संस्था लिमिटेडकाे १४ ओैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
संस्थाकाे अध्यक्ष मोतीलाल चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कैलारी गाउपालिकाकाे उपाध्यक्ष भगवती चौधरी रहेका थिए । उदघाटन कार्यक्रमा बोल्दै उहाँ सहकारीबाट रोजगारी सृजना गर्ने साथै किसानहरु खेतीकार्यकाे लागि सहुलियत व्याजदरमा कृषि लेन देन सहज भएकाे छ ।
सहकारी नाफा कमाउने संस्था नभएर अाफ्नाे शेयर सदस्यकाे गाह्रो साह्रोमा साथ लिने माध्यम बनेकाे उहाँ बटाए । सहकारीकाे लोन सही ठाउँमा सदुपयोग गर्ने र समयमा सावा व्याज बुझाउने दुबै जनाकाे प्रगती हुने गाउँपालिका उपाध्यक्ष बटाए ।
कार्यक्रममा वडा नम्बर ८ काे वडा अध्यक्ष तारामाल कठरिया, गौरीगंगा नगरपालिका वडा नम्बर १० काे वडा अध्यक्ष नरसिंह सार्की, संस्थापक अध्यक्ष खेम चौधरी, नेपाली काँग्रेसके नेता रामचरण चौधरी, गंहु सुपरजोनके अध्यक्ष अजित चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीकाे १४ ओैं बार्षिक साधारणसभामा ११ सदस्यीय नयाँ कार्य समिति पनि गठन गरिएकाे छ । जसकाे अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष क्रमश सीताराम चौधरी, सन्जु देवी चौधरी, जंगबहादुर चौधरी, गुलाबी देवी चौधरी चयन भएकाे हाे । उस्तै सदस्य पदमा क्रमश अर्जुन सिह चौधरी, सीमा देवी चौधरी, लोकमान महतो, दिलराज ढुङगना, बिमला देवी चौधरी, देउनाथ चौधरी, महाबिर चौधरी चयन भएका हुन । कार्यक्रम संचालन हेमराज ढुङगना रहेकाे छ ।