432903995_2743817455773421_5236694739617234558_n

हसुलिया। कृषि विकास बैंक लि ले १२औ ग्लोबल मनि सप्ताहको अवसरमा कैलारी गाउँपालिका २ स्थित राष्ट्रिय मावि उजलिसेमर मा १२५ विधार्थीका माझमा protect your money secure your future भन्ने नारा का साथ ग्लोबल मनि सप्ताह मनाएको छ ।

वितिय चेतनामूलक यो विश्वब्यापी अभियान विश्वका १७६ देशमा मनाउदैछ । मार्चको तेस्रो साता मनाइने Global money week को १२ औ संस्करण यो वर्ष मार्च १८ देखि २४ सम्म अर्थात चैत ५ गतेदेखि ११ गतेसम्म नेपाल राष्ट्र बैंकको अगुवामा सम्पूर्ण बैंक तथा वित्तीय सस्थाहरुले मनाउदै छन ।

कृषि विकास बैंकको हसुलिया शाखाका प्रबन्धक नरेश अवस्थीले सञ्चालन गरेको सो वित्तीय साक्षरता कार्यक्रममा बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल ,कम्पनी सचिव हिमलाल पौडेल ,सुदूरपश्चिम प्रदेश निर्देशक अर्जुन ढुङ्गाना ,वरिष्ठ शाखा अधिकृत नारद बोगटी लगायत बैंक कर्मचारी र विद्यालयका प्रधानाध्यापक ,व्यवस्थापन समिति अध्यक्ष ,शिक्षक अभिवावक संघ अध्यक्ष लगायतको उपस्थिति थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ