FB_IMG_1640791961997

-छविलाल कोपिला जहाँ जहाँ फुल्दछन् फूल, त्यही गहिरो प्रीत लाग्छ
टेक्दछौ जहाँ पाउ तिमी, त्यही मलाई उचित लाग्छ

बदनाम हुन पनि यहाँ थरि-थरि दुस्मन जन्मिनु पर्छ
नजन्मिए दुस्मन यहाँ अाफ्नै मन पनि दुसित लाग्छ

फेर बदल्नु, बाटो बदल्नु, केही समय र बिचारले हो
नबद्लिए, तिम्रो, मेरो यो परिधि पनि सिमित लाग्छ

अाँखा रसाउनु खुशी होला, पीर होला, व्याथा होला
अाँशु उहीँ हो, कसैलाई झरी त कसैलाई शीत लाग्छ

मन उदास उदास हुन्छ र कतै एकान्तमा टोलाइरहन्छ
जब बज्छ तिम्रा हातका चुरा उहीँ मधुर संगीत लाग्छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ