हसुलिया । कैलालीको कैलारी गाउँपालिकाले अवकाश हुने महिला स्वास्थ्य स्वयमसेविकालाई एक लाख नगदसहित विदाई गर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको असोज ८ गतेको निर्णय अनुसार अवकाश हुने स्वास्थ्य स्वयं सेविकालाई नगद एक लाख नगदसहित स–सम्मान विदाई गर्ने गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए ।
स्वास्थ्य स्वयं सेविकाहरु रातदिन नभनिकन बोलाएको बेला जहिले पनि खट्ने गरेका छन्,’ अध्यक्ष चौधरीले भने, ‘महिला स्वास्थ्य स्वयमसेविकाहरु तलब बिना नै सेवा दिएका हुन्छन् । न्यूनतम भत्तामा काम गरेका उनीहरु सेवा निवृत हुने बेला खाली हात जाने गर्दछन् ।’
स्वास्थ्य स्वयमसेविकाहरुले दिएको योगदानको कदर गर्दै अब देखि विदा हुने बेला एक लाख दिने निर्णय भएको अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहनसहित मासिक पाँचसय भत्ता दिने निर्णय भएको सामाजिक विकास अधिकृत यगम कलेलले जनाए ।
Advertisements