शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे ,ईलाम
“मलाई त बर्खालागे पछि याे बाटाे नहिडाै जस्ता लाग्छ , नहिडी व्यवहार चल्दैन ” अघिल्लाे सीटमा बसेका उन्ले भने ।
“हैट त्याे दिन त एक सेकेन्डले बचेकाे नि म ।ड्याम्मै अगाडि नै बजारियाे “चालकले भने ।
“खै तलबाट डाेजरले खाेदल्या खाेदल्यै छ ।जमीनकाे बनावट कसैले जाँच्दैनन् “उन्ले गुनासाे गरे ।
“गाडी बनाउन दुई महिना लाग्याे । बैङ्ककाे व्याज समेत छुट भएन । याे साल त बरु घरैमा थन्काउछु गाडी ।”चालकले भने ।
डाेजरले बाटाे छेक्याे । गाडी अडियाे । ठेकेदार कम्पनीकाे कर्मचारी सडक छेउमा उभिई रहेकाे थियाे ।
“याे त सारै खतरा भयाे केही उपाया लगाएर लडाउनु पर्छ है सर यी ढुङ्गाहरु ” उन्ले छेउमा उभिदै भने ।
“याे हाम्राे ठेक्का भित्र पर्दैन ।लडिगयाे भने बनाउने बजेट छुट्टिहाल्छ ” उस्ले भन्याे ।
“हाे नि रात दिन कुद्नु पर्छ । गाडीमाथि ढुङ्गा बजारिन्छ भन्ने डर हुन्छ । तल यत्राे खाेलाे छ खतरा त बेलैमा हटाउनु पर्छ नि सर “उन्ले भने ।
“अनि दुईचार जना मान्छे मरे भने त याे सडक पनि चर्चामा आउँछ नि दाई” उस्ले अति हलुका शैलीमा बाेल्दै चुराेट सल्कायाे ।