Screenshot_20240107-210638_Facebook
Advertisements

धनगढी, २२ पुस । धनगढीमा केन्द्रीय कार्यालय रहेकाे हिमशिखर बहुद्देश्यीय सहकारी संस्था १५ औं बार्षिक साधारणसभा समापन भएकाे छ ।

सहकारीकाे अध्यक्ष दुर्गाप्रसाद भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सुदूरपश्चिम प्रदेशकाे सहकारी रजिष्टार टीकाराम थापा सहकारीबाट सबै जनाकाे आशा र भरोशा अनुसार काम गर्नु पर्ने बताए । उहाँ सञ्चालक समितिलाई मार्गदर्शन दिने र पारदर्शी औचित्य प्रभावकारी सुझाव पनि महत्वपूर्ण रहेकाे बटाए ।

संसथाकाे प्रबन्धक महेन्द्र शाही संस्थाकाे कुल आम्दानी रु १० करोड ५० लाख ११ हजार ७३४ पुगेकाे बटाए। सहकारीकाे शेयर पुँजी ३ करोड ५० लाख ९० हजार एक सय र बचत निक्षेप रु ३९ करोड ६३ लाख ९३ हजार सात रहेकाे छ भने ऋण लागानी तथा असुली रु ५५ करोड ७१ लाख ५१ हजार १३८ रहेकाे छ । साधारणसभामा सहकारीकाे उपाध्यक्ष रोशन सिंह स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव विमल जोशी कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

धेरै व्यक्तित्वहरु सम्मानित

हिमशिखर सहकारी संस्थाकाे १५ औं बार्षिक साधारणसभामे सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पुगैना गौरीगंगा नगरपालिकाकाे नगर उपप्रमुख भोजबहादुर बमलाई सम्मानित गरेकाे छ । यस्तै गरि गोरखापत्र दैनिककाे सुदूरपश्चिम संयोजक तथा अनुमोदन दैनिककाे प्रकाशक सम्पादक प्रकाश विक्रम शाह सम्मानित भएका छन । शाह सहकारीकाे क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुगेकाे भन्दै नगदसहित सम्मानित गरेकाे हाे । जेष्ठ नागरिक दिर्धराज जोशी, पदम सिहँ कलेल, उत्कृष्ट बचत कर्ता, ऋणी तथा सहकारीकाे कर्मचारी पनि साधारणसभामा सम्मानित गरिएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ